टोखा मनोहर माविका प्रधानाध्यापक भट्टराईमाथि छात्रा दुर्व्यवहारको आरोप
काठमाडाैं | मंसिर २१, २०७९
काठमाडौं: टोखा नगरपालिका–१०, सामाखुशीस्थित मनोहर माविका प्रधानाध्यापक माधवप्रसाद भट्टराईमाथि छात्रालाई दुर्व्यवहार गरेको आरोप लागेको छ ।
विद्यालयमा अध्ययनरत एक छात्राले भट्टराईले आफूलाई ७ भदौमा कार्यकक्षमा बोलाएर ढाड छुने, मुसार्नेलगायतका क्रियाकलाप गरेको भन्दै प्रहरी वृत्त, महाराजगञ्जमा किटानी जाहेरी दिएकी छन् ।
जाहेरी प्राप्त भएपछि अनुसन्धान थालिएको महाराजगञ्जका प्रहरी नायब उपरीक्षक (डीएसपी) अंगुर जिसी बताउँछन् ।
विद्यालयका एक जना छात्राका अनुसार प्रधानाध्यापक भट्टराईले पीडितलाई सकभर कोही नभएका बेला बोलाउने, अन्य कोही कार्यकक्षमा भए पहिले अरुलाई बाहिर पठाएर दुर्व्यवहार गर्ने गरेका थिए ।
उनका अनुसार अहिले एकजनाले मात्र प्रहरी कहाँ जाहेरी दिए पनि कक्षा ८, ९ र १० का थप केही विद्यार्थी पनि भट्टराईबाट पीडित छन् ।
‘शारीरिक सम्पर्कको अनुभव लिएको छ कि छैन, यौन सम्पर्क गर्ने उमेर हो भन्दै दुर्व्यवहार गर्ने गरेका छन्’, जाहेरीमा भनिएको छ ।
विद्यार्थीले प्रधानाध्यापकमाथि कारबाही गर्न माग राख्दै मंगलबार विद्यालयमा प्रदर्शनसमेत गरेका थिए ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

